Global Money Week को अवसर पारी अन्धकारमुक्ति साकोसको आयोजनामा वित्तिय साक्षरता सहितको सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न

६ चैत्र २०८१
Global Money Week को अवसर पारी अन्धकारमुक्ति साकोसको आयोजनामा वित्तिय साक्षरता सहितको सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न

अन्धकारमुक्ति वचत तथा ऋण सहकारी सस्था लिमिटेड रामपुर पाल्पाको आयोजनामा वित्तिय साक्षरता सहितको सदस्य विस्तारीत मञ्च कार्यक्रम सस्थाका अध्यक्ष सागर प्रसाद  देवकोटाको अध्यक्षतामा सम्पन्न भएको छ ।
 कार्यक्रममा प्रमुख अतिथी निस्दी गाँउपालिका वडा नं ६ वडा अध्यक्ष एवं निस्दी गाँउपालिका प्रवक्ता मेख वहादुर सुनारीले समुदायमा सहकारीले पु¥याएको योगदानलाई स्मरण गराउदै अहिले समुदायमा विलासिताका वस्तुहरु, उपभोग्य वस्तुहरु तथा विभिन्न सामाजिक कार्यक्रमहरुमा खर्च गर्ने प्रवृती वढ्दो रहेकाले यसको प्रभाव नकारात्मक रुपमा देखा परिरहेको र कतिपय महिला दिदिवहिनीहरुले विभिन्न  वित्तिय सघ संस्थावाट अरुका लागी आफ्नो नाममा ऋण लिदा पनि घर परिवारको सम्वन्ध विग्रदै गएको र वसाईसराईनै हुने अवस्था सृजना भएकाले यस्ता विषयमा सचेत हुन आग्रह गर्नुभयो । यस क्षेत्रको सम्भावनालाई अध्ययान गरी उत्पादनको हिसावले पकेट क्षेत्र वनाउने उद्देश्य राखेर वजेट विनियोजन गर्दा समेत उत्पादन सँग जोडीन, उद्यमी वन्न चाहाने व्यक्ती तथा समुह नहुदा वजेट कार्यान्वयन गर्न नसकेर फिर्ता हुनुपरेकोे गुनासो समेत राख्नुभयो ।
कार्यक्रममा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सञ्चालक समिति सदस्य लक्ष्मी देवी ढकाल, व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेल, ऋण अधिकृत रामचन्द्र ढुङ्गानाले संस्थाको सञ्चालनमा रहेका विभिन्न कार्यक्रमहरु, वचतको महत्व, ऋण सदुपयोगीता, वित्तिय साक्षरताको आवश्यकता र महत्व, संस्थाका भावि कार्यक्रमहरुका सम्वन्धमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा देउराली सामुदायिक विकास वहुउद्देशीय सहकारी संस्था लि का उपाध्यक्ष महेन्द्र वयम्वू, गोरखनाथ माध्यामिक विद्यालय शिक्षक राजु भण्डारीले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । शेयर सदस्य शेर वहादुर खन्गाहा र दुमिसरा खण्डलुले संस्था सँगका आफ्ना अनुभव, राय सुझाव र सल्लाहका सम्वन्धमा आफ्ना धारणा राख्नुभएको थियो ।
 अध्यक्ष सागर प्रसाद देवकोटाले सदस्यहरुको राय, सुझाव र सल्लाह सम्वन्धमा आफ्ना धारणा राख्दै अन्धकारमुक्ति साकोसको सदस्य हुनभन्दा अगाडी र सदस्य भईसकेपछी  तपाईको सामाजिक र आर्थिक जिवनस्तरमा कस्तो र कति परिर्वतन भयो यो कुरा महत्वपुर्ण रहेको वताउदै उद्यमी वन्न, व्यवसायी वन्न, आय आर्जन मा जोडिन तथा शिक्षामा लगानी गर्ने कुरालाई पहिलो प्रथामिकतामा राखेर अगाडी वड्न आग्रह गदै यसका लागि अन्धकारमुक्ति साकोसले के गुर्न पर्ने बिषयमा पुर्ण तयार रहेको भन्दै सदस्यको सफलतानै सस्था सफलताको आधार रहेको वताउनुभयो ।
निस्दी गाँउपालिका वडा नं ६ अर्चले स्वास्थ्य चौकी सभाहलमा भएको कार्यक्रमको स्वागत संस्थाका कोषाध्यक्ष देवेन्द्र प्रसाद पोखरेल  तथा धन्यवाद मन्तव्य सहसचिव यम प्रसाद श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन जव्गादी सेवाकेन्द्र प्रमुख हुमनाथ वगालेले गुर्नभएको थियो ।